ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

शुक्रबार २५, माघ २०८१ १०:२७

धनगढी । कैलालीमा एक महिलाको ट्याक्टरबाट खसेर मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो ।  

सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएकी थिइन् । 

घाइते थरुनीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । 

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले ट्याक्टर र चालक तेजबहादुर मौनीलाई नियन्त्रणमा लिएको जानकारी दिए । 
 

प्रतिक्रिया