ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री

शुक्रबार २५, माघ २०८१ १०:३७

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । उनले एक्सन रुमबाट भर्चुअल छलफल गर्न लागेका हुन् । 

‘हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज  छलफल हुँदै छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् । 

आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया