ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा अवैध काठसहित तीन जना पक्राउ

शनिबार २६, माघ २०८१ १०:२७

धनगढी । कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् । शुक्रबार बेलुका गौरीगंगा नगरपालिका-७ मटकौना पछलापट्टी बस्ने ५१ वर्षका दिनेश चौधरी, ४१ वर्षका निर्मल डगौरा थारु र ५४ वर्षका सिताराम चौधरी पक्राउ परेका हुन् । 

गौरीगंगा साझेदारी वन क्षेत्र भित्रबाट काठ चोरी पैठारी गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मसुरिया र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

दिनेशको घरमा लुकाईछिपाई राखेको अवस्थामा अन्दाजी ६८ हजार ४९६ रुपैयाँको अवैध सालको काठ गोलिया ४ थान (५७.०८ क्युफिट) बरामद गरी आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय मसुरिया, कैलाली बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया