ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना

शनिबार २६, माघ २०८१ १०:५९

धनगढी । कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । शुक्रबार जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  

घाइतेमध्ये चार जनाको अवस्था सामान्य रहेको र दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ट्याक्टरसहित चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दीपक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया