धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-२ बस्ने २७ वर्षका दिलिप ढकाल र जानकी गाउँपालिका-९ बस्ने २१ वर्षका जीवन चौधरी रहेका छन् ।
ढकाललाई जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएको थियो भने चौधरीलाई चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।
दुबै जनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया