निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले सुदूरपश्चिम प्रदेशमा आकस्मिक उद्धार तथा उपचारका लागि विशेष तयारी गरेको छ।
संभावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले चिकित्सकसहितको एम्बुलेन्स तथा एकैपटक धेरै घाइतेको उद्धार गर्न सक्ने क्षमताको ‘मास क्याजुअल्टी भेहिकल’ तयारी अवस्थामा राखेको जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार उक्त स्वास्थ्य तथा उद्धार उपकरणहरू कैलालीको अत्तरियास्थित सशस्त्र प्रहरी बल, नेपालको फिल्ड अस्पतालमा तयारी अवस्थामा राखिएको छ।
निर्वाचनका क्रममा हुन सक्ने दुर्घटना, झडप वा अन्य आकस्मिक घटनामा घाइतेको शीघ्र उद्धार र उपचार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया