धनगढी । कैलाली-कञ्चनपुरमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । शुक्रबार कैलालीको गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक र वनदेवीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १९ हजार ३०० मूल्यको सामान प्रहरीले फेला पारेको हो ।
उक्त मूल्यका मोटरसाइकलका पार्टपुर्जा, स्विटर, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, हिजो नै राति कञ्चनपुरको भीमदत्त नगरपालिका-९ व्रह्मदेवमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३० हजार मूल्यको कस्मेटिक, खेलौना लगायतका सामान इलाका प्रहरी व्रह्मदेवबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
प्रतिक्रिया