धनगढी । दार्चुलामा टिपर दुर्घटना हुँदा चालक घाइते भएका छन् । सुपप्र ०१००१ क १५४० नम्बरको टिपर दल्लेख–गोकुलेश्वर सडकखण्ड अन्तर्गत नौगाड गाउँपालिका-३ खारखोलामा माटो फाल्ने क्रममा दुर्घटना भएको थियो ।
शुक्रबार भएको दुर्घटनामा टिपर चालक बैतडीको सुर्नया गाउँपालिका–१ घर भएका २९ वर्षीय देवबहादुर चन्द गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार उनलाई गोकुलेश्वर अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको थियो । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
टिपर ब्याक भएर एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया