ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा भिरबाट लडेर प्रधानाध्यापकको मृत्यु

शनिबार २६, माघ २०८१ ०२:४८

धनगढी । दार्चुलाको एक विद्यालयका प्रधानाध्यापकको भिरबाट लडेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका-६ स्थित भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ३६ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको सो वडाका अध्यक्ष धर्मसिंह धामीले बताए । 

मार्मा गाउँपालिका-२ घर भएका उनको शुक्रबार साँझ विद्यालयबाट फर्किरहेका बेला भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष धामीले बताए ।

 

प्रतिक्रिया