ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बन्दुकको गोली लागेर एक बालकको मृत्यु

शनिबार २६, माघ २०८१ ०३:१७

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्बामा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । ठुलासम्बाका पुष्कर खत्रीका १० वर्षीय छोरा शिशिर केसीले घर नजिकै खेल्ने क्रममा बन्दुक चलाउँदा पड्केर आफ्नै ९ वर्षीय भाइ भुवन केसीको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गोली लागेर बालकको घटनास्थलमै मृत्यु भएको छ । ६२ वर्षीय हजबरबुवा भुविन्द्र खत्रीले घरमा लोड गरिराखेको बन्दुक भेटाएर खेलाउँदा घटना भएको थियो । 

एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासहित शिशिर र हजुरबुबालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको रानाले बताए ।

प्रतिक्रिया