कैलाली । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आइतबार विकास निर्माणका योजनाको उद्घाटन तथा शिलान्यासमा व्यस्त हुने भएकी छन् । आज बिहानबाट नै व्यस्त रहेकी उनी नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिद्वार आयोजित लागुऔषध विरुद्धको पैदल यात्रामा सहभागी भई त्यसपछि विकास आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुने बताइएको छ ।
यही माघ २५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन धनगढी आएकी परराष्ट्रमन्त्री राणाले आज धनगढी उपमहानगरपालिकाले निर्माण सम्पन्न गरेका तथा सुरु हुने योजनाको उद्घाटन र शिलान्यासमा सहभागिता जनाउने उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
जसअन्तर्गत धनगढी-१९ को जनप्रिय आधारभूत विद्यालय भवन, १७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा रहेको जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन कार्यक्रम र १६ स्थित बेहडाबाबा माविको पक्की भवनको शिलान्यास कार्यक्रम रहेको छ ।
प्रतिक्रिया