ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी आइरहेको ट्रक डोटीमा सडकबाट खस्यो, चालक फरार

आइतबार २७, माघ २०८१ ११:२५

धनगढी । डोटीमा बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक सडकबाट खसेको छ । आइतबार बिहान ८:३० बजेको समयमा डोटीको जोरायल गाउँपालिका-२ रुबसकाडास्थित भीमदत्त राजमार्गमा भे१ख ३७९३ नम्बरको खाली ट्रक सडकबाट अन्दाजी १८ मिटर तल खसेको हो । 

चालक बझाङको बुंगल नगरपालिका-४ बस्ने अन्दाजी २३ वर्षका यज्ञराज धामी फरार रहेका र खोजि भइरहेको प्रहरीले बताएको छ । ट्रक मोडमा टाइरेटले काम नगरी सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । 
 

प्रतिक्रिया