ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दियो, दम्पती घाइते

आइतबार २७, माघ २०८१ ११:३४

धनगढी । धनगढीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पती घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरका उत्तम विष्टले चलाएको बा १८ च २८१७ नम्बरको टाटा पिकअप गाडीको टायर शनिबार एक्कासी पड्किँदा मोटरसाइललाई ठक्कर दिन पुगेको थियो । 

टायर पड्किएपछि अनियन्त्रित भएको गाडीले सुपप्र ०१०१२ प १५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ लालपुरका आशिष सिजापती र पछाडि सवार उनकी श्रीमती सानु सिजापती घाइते भएकी प्रहरीले बताएको छ । 

 उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया