ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित समातिए ११ युवक

आइतबार २७, माघ २०८१ ११:५७

धनगढी । कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ११ जना युवक पक्राउ परेका छन् । शनिबार साँझ धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट वडा नम्बर ८ बस्ने ३५ वर्षका राम विशाल राना र २८ वर्षका हरि राना २ ग्राम ६९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् । 

यसैगरी, टीकापुर नगरपालिका-३ शंकरपुरबाट सोही ठाउँ बस्ने २६ वर्षका नरेश शाहीलाई ९० मिलिग्राम, गोदावरी नगरपालिका-२ पहाड रोडस्थित बसपार्क नजिकबाट वडा नम्बर १ बस्ने २६ वर्षका राजन हमाललाई १३० मिलिग्राम, गोदावरी-३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षका तिलक थापा, २१ वर्षका मनोज सार्की, गोदावरी-१ बस्ने २३ वर्षका नितेश महरालाई ५८० मिलिग्राम र गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ बस्ने २९ वर्षका खगेन्द्र महरालाई ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । 

त्यस्तै, शनिबार साँझ नै कञ्चनपुरको पुनर्वास नगरपालिका-१० अमरबस्तीस्थित चकमेली बजारबाट कैलालीको गोदावरी नगरपालिका-१ अनामनगर बस्ने २८ वर्षका सुरेश चौधरी र २५ वर्षका रवीन्द्र ओलीलाई १ ग्राम २० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । 

पुनर्वास-११ डोकेबजारबाट वडा नम्बर १० भीमबस्ती बस्ने २० वर्षका रोशन सिंह साउदलाई स्पास्मो २१ थान क्याप्सुलसहित प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका ११ जनामाथि नै थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


 

प्रतिक्रिया