काठमाडौँ । रक्षामन्त्री मानवीर राई सवार गाडीले आइतबार बिहान ११ बजेतिर माइतीघर क्षेत्रको सडकमा मोटरसाइकललाई ठक्कर दिएको छ । प्रहरीले उनी सवार गाडीको ठक्करबाट कुनै क्षति नभएको बताएको छ । मानवीय क्षति वा घाइते भएको अवस्था नरहेको प्रहरीले बताएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेका अनुसार उक्त गाडीले मोटरसाइकलको लुकिङ ग्लासलाई मात्र सानो क्षति पुर्याएको थियो । ग्लास बनाएर दुवै पक्ष आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।
प्रतिक्रिया