ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीको एक घरमा आगलागी

आइतबार २७, माघ २०८१ १२:५१

धनगढी । डोटीको एक घरमा आगलागी भएको छ । आइतबार बिहान ९:३० बजेको समयमा केआईसिंह गाउँपालिका-३ झिगा बस्ती बस्ने ४० वर्षका बाजी भुलको दुईतले ४ कोठे ढुङ्गा, माटोले बनेको स्लेटले छाएको घरमा आगलागी भएको हो । 

खाना पकाउने क्रममा आगलागी हुदाँ घरभित्र रहेका १० बोरा धान, लत्ताकपडा, काठ, भाँडावर्तन, फर्निचर पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २ लाख ५० हजार पैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन ।  

स्थानीय र प्रहरीले ११:३३ बजेको समयमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 


 

प्रतिक्रिया