ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन

सोमबार २८, माघ २०८१ ११:४२

धनगढी । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ । भीमदत्त नगरपालिका-४ घर भएका जोशीको सोमबार बिहान साढे ३ बजेतिर निधन भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए । 

उनका अनुसार जोशी यही माघ २४ गते बिहीबार कार्यालयकै कामको सिलसिलामा काठमाडौँ गएका थिए । उनलाई शुक्रबार बिहानै ४ बजेतिर कोठामा बेहोस अवस्थामा फेला पारिएको थियो । उपचारका लागि कृष्ट हस्पिटल लगिएका उनको मस्तिष्कघातका कारण निधन भएको सूचना अधिकारी महराले बताए । 

प्रतिक्रिया