धनगढी । कैलालीका चार युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । आइतबार साँझ धनगढी उपमहानगरपालिका-२ वनदेवि मन्दिर नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय राजेश शर्मा, २२ वर्षीय आरिफ अन्सारी र धनगढी-३ बस्ने २० वर्षीय तुसार गुप्ता १ ग्राम ६४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । हिजो नै राति कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कैलालीको गोदावरी नगरपालिका-३ मलाखेती बस्ने २७ वर्षीय सुरज भट्ट पक्राउ परेका छन् ।
उनलाई ५३० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो पदार्थसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया