ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा बहुमुखी क्याम्पसको प्रमुखमा बुढा

सोमबार २८, माघ २०८१ ०१:३६

धनगढी । डडेल्धुरा बहुमुखी क्याम्पसको प्रमुखमा उपप्राध्यापक लालबहादुर बुढा नियुक्त भएका छन् । रिक्त रहेको क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालयले बुढालाई नियुक्त गरेको हो । 

यसअघिका क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालयले नयाँ नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो । क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि गठित छनोट समितिले बुढासंगै उपप्राध्यापक प्रेमबहादुर कार्की र भक्तबहादुर कठायतको नाम सिफारिस गरेको थियो । 

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० (संशोधन सहित)को परिच्छेद ५२ को नियम १८५(२) बमोजिम रिक्त क्याम्पस प्रमुख पदमा नियुक्ति प्रक्रियाका लागि विनियम ३९(५) ख बमोजिम आवेदन दिने उम्मेदवारमध्ये तीन जनाको नाम सिफारिस गरिएकोमा बुढा नियुक्त भएका बताइएको छ ।

प्रतिक्रिया