धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवनको उद्धाटन गरेकी छिन् । सोमबार आयोजित एक औपचारिक कार्यक्रममा मन्त्री राणाले भवनको उद्धाटन गरेकी हुन् ।
मन्त्री राणाको स्वागतका लागि लम्की क्षेत्रलाई सजाइएको थियो । सडक छेउमा रहेका पोल र रुखमा मन्त्री राणाको तस्बिरसहितकाे पाेस्टर टाँगिएको छ । ‘परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य श्रद्धेय नेता माननीय डा. आरजु राणा देउवाज्यूलाई लम्कीचुहा नगरपालिकामा हार्दिक स्वागत गर्दछौं,’ फोटोसहितको पोस्टरमा भनिएको छ ।
मन्त्री राणासंगै लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको फोटो पनि राखिएको छ । यस्तै, परराष्ट्रमन्त्री राणाले नेपाली काग्रेस क्षेत्र नम्बर २ कैलालीको नवनिर्मित विपी स्मृति भवनको पनि उद्धाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया