ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डिभोर्सपछि एलिनाले विष्णुलाई भनिन्– तिमीलाई बाँकी जीवनको धेरैधेरै शुभकामना

मङ्गलबार २९, माघ २०८१ ०४:४५

काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो । 

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेद भएको जानकारी दिए । सम्बन्धविच्छेदपछि एलिनाले आफूले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको भन्दै बाँकी जीवनको शुभकामना दिएकी छन् ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । 

सम्बन्धविच्छेदपछि एलिनाले विष्णुका लागि लेखेको पत्र :
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)

प्रतिक्रिया