ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रजत पाटीदार बने आरसीबीका कप्तान

बिहिबार ०१, फागुन २०८१ ०२:१२

इन्डियन प्रिमियर लिग २०२५ का लागि रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले रजत पाटीदारलाई कप्तान नियुक्त गरेको छ । आरसीबीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा यसबारे जानकारी दिएको छ । 

पाटीदारलाई कप्तान नियुक्त गरेपछि उनलाई पूर्वकप्तानद्वय विराट कोहली र फाफ डु प्लेसिसले बधाई दिएका छन् । विराट कोहलीले भनेका छन्, 'रजत, म र सम्पूर्ण टोली तिम्रो साथमा छौँ ।'

पाटीदारले कप्तानको जिम्मेवारी पाउँदा सम्मानित महसुस गरेको बताएका छन् । 'धेरै दिग्गजहरूले आरसीबीको कप्तानी गरेका छन् । यो जिम्मेवारी पाउँदा मैले सम्मानित महसुस गरेको छु', पाटीदारले भने ।

पाटीदार आईपीएलमा शतक बनाउने चौथो अनक्याप्ड क्रिकेटर हुन् । अनक्याप्ड भन्नाले ती भारतीय खेलाडीहरू बुझिन्छ जसले आफ्नो देशको लागि यी तीन ढाँचा (टी-२०, एकदिवसीय र टेस्ट क्रिकेट) मध्ये कुनै पनि खेलेका छैनन् ।

पाटीदारको जन्म १ जुन १९९३ मा मध्य प्रदेशको इन्दौरमा भएको थियो । उनको पूरा नाम रजत मनोहर पाटीदार हो । उनी उनी दायाँ हाते ब्याट्सम्यान हुन् । उनले २०१५-१६ को रणजी ट्रफीमा क्रिकेटमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया