ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुरमा गुलाब रोप्न थालियो, गुलाबी सहर बनाउने योजना

शुक्रबार ०२, फागुन २०८१ ०४:५७

टीकापुर । कैलालीको टीकापुरमा गुलाब रोप्न सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको सुरुवात गरे । 

मन्त्री चौधरीले पर्यटकीय क्षेत्र टीकापुरलाई गुलाबको सहर बनाउने नगरपालिकाको योजनाले प्रदेशको पनि गौरव बढेको बताए । टीकापुरको सहरी क्षेत्रमा गुलाब फुलाउन विभिन्न विद्यालय र व्यापारिक फर्मलाई जिम्मा लगाइएको छ । 

टीकापुर नगरपालिकाको गुलाबी सहर अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोग मिलेको छ । टीकापुर नगरपालिकालाई गुलाबको सहरका रुपमा चिनाउन लागिएको नगर प्रमुख रामलाल डँगौरा थारुको भनाइ छ ।

प्रतिक्रिया