ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा भासु भिर नजिकै जिप र मोटरसाइकल ठोक्किए

शनिबार ०३, फागुन २०८१ ११:१८

धनगढी । कैलालीको चुरे गाउँपालिका–५ मा पर्ने भासु भिर नजिकै जिप र मोटरसाइकल ठोक्किएका छन् । शुक्रबार साँझ से५प ६९२ नम्बरको मोटरसाइकल र बा८च ८०७ नम्बरको जिप आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा मोटरसाइकल चालक चुरे गाउँपालिका–६ बस्ने प्रेमबहादुर साउद घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

जिप र चालक कैलालीको गौरीगंगा नगरपालिका-४ बस्ने ५० वर्षीय नन्दराम मौनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया