धानगढी । कैलालीको एक नास्ता पसलमा लागुऔषध पाइएको छ । गौरीगंगा नगरपालिका-८ बढैपुरकी ५३ वर्षीया बेलमती देवी बोहराको नास्ता पसलमा शुक्रबार प्रहरीले १ किलो ६६५ ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया