धनगढी । डोटीमा मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार दिपायल सिलगढी नगरपालिकाको आयोजनामा वडा नम्बर ४ राजपुरस्थित खप्तड रंगशालामा नगरस्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा ९ ओटा टिमको सहभागिता रहेको बताइएको छ । प्रतियोगिता यही फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया