काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । ६ पटक उपाधि जितेको पुलिस पहिलो पटक फाइनलमा पुगेको ब्ल्याक बुल्ससँग पराजित भयो ।
ब्ल्याक बुल्स पहिलो सहभागितामै विजेता बन्यो । पोखरा रङ्गशालामा आज भएको फाइनलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हरायो । ब्ल्याक बुल्सका कुभोनचबेक ओलिनोभ, असिलबेक ओरिफजोनोभ र साभकातजोन सात्तोरोधले गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पायो ।
सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो । ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।
प्रतिक्रिया