धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालका डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश पन्तमाथि आक्रमण भएको हो ।
आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका २४ वर्षीय छोरा कृष्ण रानाले डा. पन्तमाथि आक्रमण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार रानालाई नियन्त्रणमा लिइएको छ । उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा समान्य चोट लागेको छ ।
प्रतिक्रिया