बुटवल । कुम्भमेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना हुँदा रुपन्देहीका ३ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
रुपन्देहीको देवदहबाट भारत कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा देवदह नगरपालिका-९ बस्ने ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।
कुम्भमेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनले बताए ।
प्रतिक्रिया