काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्री अब्बास अराघ्चीसँग आग्रह गरेकी छन् ।
आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री राणा र इरानी विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । आज भएको भेटमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने र आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
वार्तामा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा पनि कुराकानी भएको थियो ।
प्रतिक्रिया