ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संसद्मा झुक्किए गृहमन्त्री लेखक

सोमबार ०५, फागुन २०८१ ०४:०२

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखक छलफल हुन लागेको विधेयक कुन हो भन्ने विषयमा झुक्किएका छन् । 

सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । 

सभामुखले यसबारे भेउ पाएनन् भने उनले सैद्धान्तिक छलफल अघि बढाए । तर, गृहमन्त्री झुक्किएको थाहा पाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो शब्द सच्याउन सभामुखलाई आग्रह गरे । उनले गृहमन्त्रीले नागरिकता विधेयक भनेपनि त्यसलाई प्रहरी विधेयकको रूपमा अघि बढाउन आग्रह गरे ।

त्यसपछि घिमिरेले शब्द सच्याइएको भन्दै सदनको कारबाहीलाई अघि बढाए । ‘प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव मानेरै त्यही विधेयकमाथि छलफल गराइने कुरा म अनुरोध गर्न चाहन्छु’ सभामुख घिमिरेले भने ।

 

प्रतिक्रिया