ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

'भारतमा नेपाली विद्यार्थी मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ'

सोमबार ०५, फागुन २०८१ ०४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थी होस्टलमा मृत फेला परेको बारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारले यस घटनामा कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् । 

भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल मृत फेला परेकी थिइन् । 

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’

प्रतिक्रिया