ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा दुई युवक मृत भेटिए

सोमबार ०५, फागुन २०८१ ०६:०१

धनगढी । कैलालीमा दुई युवक मृत अवस्थामा फेला परेका छन् । फरकफरक स्थानमा दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घोडाघोडी–१ को बागेश्वरी सामुदायिक वनमा १८ वर्षीय करन कामी मृत भेटिएका छन् । उनको घर डडेल्धुराको परशुराम नगरपालिका–९ हो ।

यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएका छन् । उनी आफ्नै घरको खटियामा मृत भेटिएका हुन् । दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया