ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको एक गोठमा आगलागी, ६ लाखको क्षति

मङ्गलबार ०६, फागुन २०८१ १०:१७

धनगढी । कञ्चनपुरको एक गोठमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका-२ रानिपुर बस्ने कलावती धानुकको दुईतले काठले बनेको कच्ची गाईगोठमा आगलागी भएको हो । 

आगलागीबाट गोठभित्रको पराल, काठ, भुसा लगायतका सामानसहित गोठ जलेर नष्ट भएको र अन्दाजी ६ लाख रुपैयाँको क्षति भएको प्रहरीले बताएको छ । मानवीय तथा चौपाया क्षति भएको छैन ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया