ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

२४ जना भारतीय पक्राउ

मङ्गलबार ०६, फागुन २०८१ ०१:१५

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर २४ जना भारतीयलाई पक्राउ गरेको हो । 

प्रहरीले २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पक्राउ परेकाहरुले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको बताए । 

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।
 

प्रतिक्रिया