काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहार प्रकरणमा माफी मागेको छ । क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् ।
'नेपाली विद्यार्थीप्रति भएको दुर्व्यवहार र हाम्रो कलेजको कर्मचारीको गैरजिम्मेवार व्यहारप्रति हामी अत्यन्तै दु:खी हुँदै माफी चाहन्छौं,' उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी नेपाली विद्यार्थीलाई त्यतिकै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं ।’
दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको र उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् ।
उनले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।
प्रतिक्रिया