धनगढी । भूमि समस्या समाधान आयोग कैलालीका नवनियुक्त सदस्यले सपथ ग्रहण गरेका छन् ।
मंगलबार भूमि समस्या समाधान आयोग समन्वय समिति कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले विज्ञ सदस्यमा नियुक्त कमल सिंह राना र सदस्य दानबहादुर विश्वकर्मा ‘चित्रण’ लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अब एक जना नियुक्त गरेपछि समितिले पूर्णता पाउनेछ ।
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो तथा कैलाली इन्चार्ज नारदमुनी रानाले उपाध्याय नेतृत्वको कार्य समितिको कार्यकालमै कैलालीमा व्याप्त भूमि सम्बन्धी समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए ।
प्रतिक्रिया