धनगढी । डोटीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन् । मंगलबार केआईसिंह गाउँपालिका-४ खड्का बाडा बस्ने ४० वर्षकी रम्बा देवी खड्का भिरबाट लडेर घाइते भएकी हुन् ।
उनी घरबाट २ किलोमिटर टाढा रहेको केदारेश्वर सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट अन्दाजी २५ मिटर तल खसेकी प्रहरीले बताएको छ ।
उनलाई स्वास्थ्य चौकी वायलमा सामान्य उपचारपश्चात थप उपचारको लागि सुजङ अस्पताल राजपुर डोटी पठाएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रतिक्रिया