ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

१ सय २० जना सशस्त्र प्रहरी कारबाहीमा

मङ्गलबार ०६, फागुन २०८१ ०४:३९

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ । सामाजिक सञ्जालमा संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेको पाइएपछि कारबाही गरिएको हो ।  

उनीहरुले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई भिडियो तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए । 

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ जना रहेका छन् । 

उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई लगायतका कारबाही गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया