कञ्चनपुर । कञ्चनपुरमा एक जङ्गली हात्ती मृत फेला परेको छ । लालझाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार हात्ती के कति कारणले मरेको हो भन्ने खुलेको छैन् । लालझाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन् ।
हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसैवर्ष दुई जनाको ज्यानसमेत गएको थियो ।
प्रतिक्रिया