धनगढी । प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै बन्धक र कैदीहरूको एकै चरणमा रिहाइको नयाँ प्रस्ताव गरेको छ । हमासले स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ इजरायलसँग यस्तो प्रस्ताव राखेको हो ।
उक्त प्रस्तावले हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आस पनि बढेको छ । उनी जीवित रहेको आशाका साथ नेपालले रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ ।
यस्तै, हमासले पहिलो चरणमा रिहाइ हुनुपर्ने थप छ जना बन्धकहरूलाई शनिबार रिहा गर्ने जानकारी पनि दिएको छ । उनीहरू सबै इजरायली नागरिक रहेको बताइएको छ ।
प्रतिक्रिया