ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा खेतको टहरामा जुवा खेलिरहेका चार जना पक्राउ

बिहिबार ०८, फागुन २०८१ ०८:१९

धनगढी । कैलालीको धनगढीबाट चार जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – २ बैयाबेहडीस्थित खेतबारीको टहराभित्र जुवा खेलिरहेका चार जनालाई बुधबार पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय अबनिश सिंहसहित चार जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट १९ हजार तीन सय २५ रुपैयाँ बरामद गरिएको छ । 

प्रतिक्रिया