ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मध्यराति नै गरियो प्रकृति लम्सालको अन्त्येष्टि

बिहिबार ०८, फागुन २०८१ ०८:२६

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ ।

उनको शव गएराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका– ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि राति नै स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो । 

ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अड्विक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
 

प्रतिक्रिया