ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रानीजमरा सिंचाईको नहरमा महिला बेपत्ता

बिहिबार ०८, फागुन २०८१ ०८:३७

धनगढी । रानीजमरा कुलरिया सिंचाई आयोजनाको नहरमा एक महिला बेपत्ता भएकी छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ को बलचौरमा रहेको नहरमा सोही ठाउँ बस्ने २५ वर्षीया अनिता चौधरीले नहरमा हाम फालेकी थिइन् ।

चौधरीले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्ष कबिन्द्रसिंह बोहराले बताए । अनिता विवाहित हुन् । 

 

प्रतिक्रिया