ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा प्रहरी हबलदारको भिरबाट लडेर मृत्यु

बिहिबार ०८, फागुन २०८१ ११:१६

बैतडी । बैतडीमा प्रहरी हबलदारको भिरबाट लडेर मृत्यु भएको हो । जिल्लाको डिलाशैनी गाउँपालिका– ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार हबलदार खडायतको दार्चुलाको शैल्यशिखर नगरपालिका– १ वारिल घर हो । ‘बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला वारिल भिरबाट लडेर हबलदार खडायत गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘तत्काल उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।’

मृतक खडायतको  शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए । 

प्रतिक्रिया