धनगढी । २५ वर्षअगाडि हराएकी बाजुराकी एक महिला भारतमा फेला परेकी छिन् । बाजुराको बुढीगंगा नगरपालिका–३ स्थायी ठेगाना भएकी शान्ति शाही उत्तराखण्डको पिथौरागढमा फेला परेकी हुन् ।
उनी पिथौरागढस्थित ‘वानस्टप सेन्टर’ को आश्रयस्थलमा रहेको सूचना आएपछि सोधीखोजी थालेर परिवारलाई सम्पर्कमा ल्याइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए । तस्बिरसहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहीले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी हुन् ।
उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू पनि सम्पर्कमा आइसकेको जोशीले बताए ।
प्रतिक्रिया