काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला सकिएको छ । मेला अवधिभर ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेको अधिकारीहरुले बताएका छन् ।
महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । यद्यपि मेलास्थल खाली हुन भने एक हप्ताभन्दा बढी लाग्ने अनुमान छ । डेढ महिना लामो मेलामा जाने एक व्यक्तीले औसत पाँच हजार भारु खर्च गरेको अनुमान छ ।
प्रतिक्रिया