ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– २ मा रास्वपाका केपी खनाल विजयी

आइतबार २४, फागुन २०८२ ०३:००

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा विजयी भएको छ । रास्वपा उम्मेदवार केपी खनाल १९ हजार ५७  मत पाउँदै विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले ११ हजार ९४९ मत पाए । यस्तै एमालेका सुर्यबहादुर थापाले सात हजार ८८६ र कांग्रेसका विजय स्वाँरले सात हजार २१३ मत पाए । 

२६ वर्षीय खनाल सरसफाइ अभियन्ताका रुपमा परिचित छन् । १७ वर्षको उमेरमै उनले क्लिन काष्ठमण्डप सरसफाइ अभियान सुरु गरेका थिए । उनलाई कान्छा सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया