काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बूढानीलकण्ठस्थित देउवानिवास शुक्रबार अपराह्न ४ बजे बस्ने बैठकमा संसद, पार्टीको गतिविधि र समसामयिक विषयमा कुरा हुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
संसदमा पेस भएको अध्यादेश, संसदमा विचाराधीन विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने, भ्रातृ संस्थाको अधिवेशनका लागि बनेका निर्देशक समितिलाई सहजीकरण गर्ने र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।
प्रतिक्रिया