धनगढी । हिउँद सकिनै लाग्दा सुदूरपश्चिमका पहाडी जिल्लामा कतै वर्षा त कतै हिमपात भएको छ । हिउँदयामको अन्तिम अवधिमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा बैतडीमा भएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ । यसैगरी बाजुरामा ३८ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा गण्डकी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा वर्षा भइरहेको छ छ ।
सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भइरहेको छ । बिहिवार दिउँसोबाट दार्चुलामा वर्षा सुरु भएमा अपिहिमाल र व्याँस गाउँपालिकामा हल्का हिमपात भएको छ । यस्तै खप्तड क्षेत्रमा पनि हिमपात भएको छ ।
प्रतिक्रिया